सरकारी कार्यालयमा बच्चाको तस्वीर राख्न युक्रेनका राष्ट्रपतिको निर्देशन

युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले पद तथा गोपनियताको सपथ लिनुभएको छ । निर्वाचित भएको एक महिनापछि जेलेन्स्कीले सोमबार राष्ट्रपतिको कार्यभार सम्हानुभएको हो । पदभार ग्रहण गरे लगत्तै जलेन्स्कीले सबै युक्रेनी नागरिक देशका लागि राष्ट्रपति भएको बताउनुभयो ।

उहाँले देशभरका सरकारी कार्यालयमा आफ्नो तस्बिरका साटो कार्यरत कर्मचारीका बच्चाहरुका तस्वीर राख्न निर्देशन दिनुभएको छ । विश्वका प्रायः मुलुकका सरकारी कार्यालयमा देशका प्रमुख व्यक्तिको तस्बिर राख्ने प्रचलन रहेको छ । विगतमा हास्य कलाकार रहनुभएका जेलेन्स्कीले राष्ट्रपति निर्वाचित भएपछि देशभरिका कार्यालयमा आफ्नो तस्बिर नझुण्ड्याउन निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो ‘त्यहाँ मेरो होइन तपाईंहरूको तस्बिर हेर्न चाहन्छु । राष्ट्रपति कुनै आइकन होइन, न मुर्ति हो, राष्ट्रपति न त पोट्रेट नै हो । त्यो ठाउँमा तपाईंका बच्चाहरूका तस्बिर राख्नुस् अनि हरेक निर्णय गर्नुभन्दा पहिला उनीहरूका आँखामा हेर्नुस ।’

Facebook Comments