चेक बाउन्स मुद्दामा ३ महिना कैद, ३ हजार जरिवाना

मोडल खुश्बु ओलीलाई चेक अनादर मुद्दामा अदालतले दोषी ठहर गरेको छ । जिल्ला अदालत, काठमाडौंले ओलीलाई चेक बाउन्स भएको बारेमा दायर मुद्दामा दोषी ठहर गर्दै फैसला गरेको हो ।

सप्तरीका गोपाल कटुवालद्वारा दायर मुद्दामा न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवानाको फैसला सुनाएको हो । यसका साथै चेक बापतको रकमको साँवामा व्याज समेत थप गरी तिर्नुपर्ने अदालतको निष्कर्ष छ । ओलीले ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो ।

Facebook Comments