रमेशबाबू र अनिताको “मोयाकै नाम प्यारो” सार्वजनिक

गायक सर्जक रमेशबाबु थापा र गायिका अनिता पन्तको “मोयाकै नाम प्यारो” लोकदोहोरी भाकाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पोखरामा बुधबार लोकार्पण कार्यक्रमको आयोजना गर्दै उक्त गीतलाई सार्वजनिक गरिएको हो ।

रमेशबाबू थापाको लयशब्द रहेको गीतमा अनिता थापाको स्वर रहेको छ । गीतको म्युजिक भिडियो प्रकाश भट्टको निर्देशनमा बनाइएको छ । रमेशबाबू र सुप्रिया रानाको अभिनय रहेको गीतलाई सार्वजनिक गर्दै नेपाल सँगीत नाट्य प्रतिष्ठानका प्राज्ञ प्रजापती पराजुलीले गीतको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा गोर्खा मिलन समाजका अध्यक्ष तिलक तिवारी, मगर चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका तदर्थसमितिका सदस्य गायक कृष्ण सुवेदी, ताण्डव साप्ताहिक पत्रिकाका सम्पादक अर्जुन गिरी, श्रष्टाद्वय रमेशबाबु र अनिता लगायतले बोलेका थिए ।

Facebook Comments