निर्वाचनको नतिजालाई लिएर इन्डोनेसियामा प्रर्दशन

निर्वाचनको नतिजालाई लिएर इन्डोनेसियामा प्रदर्शन भएको छ । इन्डोनेसियाको राजधानी जाकार्तामा भएको प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । प्रर्दशनका क्रममा भएको झडपमा परि २ सय जना घाइते भएका छन् । राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिरिए लगत्तै प्रदर्शन सुरु भएको हो ।

गए रातिबाट सुरु भएको यो झडप घण्टौ जारी रहेको थियो । इन्डोनेसियामा जोको विडोडो पुनः राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोको निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकले निर्वाचनमा धाँधली भएको दाबी गर्न थालेका थिए ।

सत्तासिन राष्ट्रपति विडोडोले ५५ दशमल ५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको निर्वाचन आयोगले जनाएपछि विरोधमा प्रर्दशनकारीले प्रदर्शन शुरु गरेका थिए । प्रर्दशनले उग्र रुप लिन थालेपछि झडप भएको हो ।

Facebook Comments