भारतमा १७ औं लोकसभा निर्वाचनको मतगणना जारी

भारतमा सम्पन्न १७ औं लोकसभाको मतगणनाको अन्तिम नतिजा आज सार्वजनि गरिँदैछ । ११ अप्रिलबाट १९ मई सम्म ७ चरणमा भएको चुनावमा झन्डै ५ सय ४२ सिटका मतदात भएको थियो । जसमा झन्डै ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए । जारी मतगणनामा २९३ क्षेत्रमा सत्तारुढ भारतीय जनता पार्टीले अग्रता लिएको छ । भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा र १९७ सिटमा अन्य दलहरुको अग्रता रहेको छ ।

विहीबार बिहान ८ बजेबाट सुरु हुने नतिजा सार्वजनिकको क्रममा सबैको ध्यान मुख्य ४० सिटका लागि हुनेछ । जसमा वाराणसी, गुजरात, लखनउ, आजमगढ, मथुरा, बरेली सहितका स्थान रहेका छन् । जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धी, राजनाथ सिंह, अखिलेश यादव, मुलायमसिंह यादव, अमित शाह सहितका नेताहरुको भविष्यको फैसला हुनेछ ।

यस पटकको चुनावबाट पनि भारतीय जनता पार्टी र विशेषगरी प्रधानमन्त्री नरेन्द्र मोदीको पुनः जित हुने विभिन्न सर्वेक्षणले देखाएको छ । मोदी र भाजपाको जितका लागि भारतका विभिन्न राज्यमा जनताहरुले बिहानैदेखि पुजा पाठ सुरु गरिसकेका छन् । यता, प्रमुख प्रतिपक्षी कांग्रेस सहितका अन्य प्रतिपक्षी दलले भने चुनाव आयोगको नतिजालाई अस्विकार गरेका छन् ।

Facebook Comments