भारतमा भाजपाको ऐतिहासिक जित, मोदीले थप ५ बर्ष सरकारको नेतृत्व गर्ने

भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धनले ऐतिहासिक सफलता पाएको छ । प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले एक्लै बहुमत बनाएको छ । बहुमतसँगै प्रधानमन्त्री मोदीले दोस्रो कार्यकाल नेतृत्व गर्ने निश्चित भएको छ ।

मतगणनामा मोदी नेतृत्वको गठबन्धन एनडीएले ३४८ सिटमा विजयी हुने देखिएको छ । गठबन्धनको ३५० सिटमा अग्रता रहेको छ । त्यस्तै भारतीय काँग्रेस पार्टी नेतृत्वको गठबन्धनले ९२ सिटमा अग्रता र जीत हुने देखिएको छ भने गठबन्धनमा नरहेका दलहरुको १०० सिटमा जीत हुने देखिएको छ ।

मोदीको गृह प्रदेश गुजरातमा भाजपाले क्लिन स्वीप गर्न सफल भएको छ । भाजपाले मध्यप्रदेशमा २९ मध्ये २८ र राजस्थानमा २५ मध्ये २४ सिटमा जितन्मुख छ । तमिलनाडू र केरलामा भने भाजपा शुन्य भएको छ ।

लोकसभा चुनावमा पाएको ऐतिहासिक सफलतासँगै भाजपा कार्यकर्ताले देशभर खुसी मनाएका छन् । दिल्लीस्थित मुख्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहले सम्बोधन गरी मतदातालाई धन्यवाद दिनुभएको छ । मोदीले निर्वाचनको नतिजालाई आफ्नो नभई लोकतन्त्रको जितको रुपमा अथ्र्याउनुभएको छ ।

Facebook Comments