हार स्वीकार्दैै राहुलद्वारा मतदातालाई धन्यवाद

भारतीय राष्ट्रिय कांग्रेसले २०१४ को तुलनामा केही सिट बढी जितेको छ । अघिल्लो पटकको चुनावी नतिजाको तुलनामा केही सुधार भएपनि काँग्रेसले अपेक्षाकृत सफलता भने हात पार्न सकेन ।

यसैवीच भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले चुनावमा हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै राहुलले चुनावी हारको जिम्मेवारी आफूले लिने बताउनुभयो । उहाँले राजनीतिक लडाई जारी उद्घोष गर्दै विचलित नहुन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

राहुल आफैं अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित हुनुभयो । उहाँले अमेठीमा जनताको फैसला मान्ने भन्दै जनता नै सर्वोच्च रहेको प्रतिक्रिया दिनुभएको छ । काँग्रेस १७ राज्यमा आफ्नो उपस्थिति देखाउन चुकेको छ ।

Facebook Comments