नेपाल बैंक लिमिटेडको नयाँ शाखा तालचोकमा उद्घाटन

नेपाल बैंक लिमिटेडको नयाँ शाखा पोखरा महानगरपालिका वडा नंं २७ तालचोकमा सञ्चालनमा आएको छ । उक्त शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सि. र नेपाल बैंक लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री कृण्ण बहादुर अधिकारीवाट संयुक्त रुपमा समुद्घाटन गर्नुभएको हो ।

बिभिन्न उद्योगि ब्यबसायिहरु, स्थानिय समाजसेवीहरु, बिभिन्न संग सस्थाका प्रमुखहरु, साथै स्थानिय ग्राहकहरुको उल्लासमय उपस्थिति रहेको उक्त कार्यक्रमका लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी, पोखरा चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार, समाजसेवी वावुराम गिरी लगायतले देशको पहिलो बैंक नेपाल बैंकलाई सम्पुर्ण नेपालिहरुको पहिलो रोजाइको बैंक समेत बन्ने शुभकामना प्रदान गर्नुभयो ।

हाल गण्डकी प्रदेशका गोर्खा जिल्ला बाहेकका सम्पुर्ण जिल्लाहरुमा बिभिन्न २० वटा शाखाहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दे आईरहेकोमा निकट भबिष्यमा गोर्खा जिल्ला सहित गण्डकी प्रदेशका अन्य बिभिन्न क्षेत्रहरुमा समेत बैंकका थप नयाँ शाखाहरु स्थापनाको क्रममा रहेका हुदा बैंकले जनाएको छ ।

Facebook Comments