भारतमा १७ औं लोकसभा चुनावको अन्तिम नतिजा सार्वजनिक

भारतमा १७ औं लोकसभा चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । अन्तिम मत परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टीले एकल बहुमत हाँसिल गरेको छ । भारतीय जनता पार्टीले सन् २०१४ को भन्दा २१ सिट बढी ३ सय ३ सिटमा विजयी बनेको छ । भाजपा विजयी बनेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि सत्ता नेतृत्व गर्ने निश्चित भएको छ ।

भारतीय जनता पार्टीले यसअघिको निर्वाचनमा २ सय ८२ सिट जितेको थियो । भारतीय जनता पार्टी आवद्ध राष्ट्रिय लोकतान्त्रिक गठबन्धन(एनडिए)ले ३ सय ५० सिटमा जितेको छ । प्रमुख प्रतिपक्षी काँग्रेस यसअघिको भन्दा ८ सिट बढी क्षेत्रमा विजयी भएको छ ।

यसअघिको निर्वाचनमा ४४ सिट जितेको प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले ५२ सिटमा विजयी भनेको हो । कंग्रेस नेतृत्वको गठबन्धन युपिएले ८५ सिट जितेको छ । लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन् । का लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

Facebook Comments