नक्कली भारुसहित युनुस अन्सारी सार्वजनिक

७ करोड ७६ लाख नक्कली भारुसहित पक्राउ परेका युनुस अन्सारीलाई प्रहरीले सार्वजनिक गरेको छ । अन्सारीसहित ६ जना नक्कली भारु सहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।

तीन जना पाकिस्तानी नागरिकलाई लिन विमानस्थल पुगेका युनुसलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शुक्रबार नै उनीहरुलाई सार्वजनिक गरेको हो । अन्सारी यसअघि पनि नक्कली भारु कारोबारमा पक्राउ परेर जेल सजाय भोगेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

Facebook Comments