जनतासँग दिदिवहिनी कार्यक्रम ल्याउन जोशीको आग्रह

नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले महिला संघले जनतासँग दिदिवहिनी कार्यक्रम ल्याउन आग्रह गर्नुभएको छ । जिल्लास्तरीय महिला भेला कार्यक्रम जोशीले गाउँ गाउँमा जागर अभियानका सन्देश लैजानका लागि महिला संघलाई जनतासँग दिदिवहिनी कार्यक्रम लैजान आग्रह गर्नुभएको हो ।

यो अभियानलाई गाउँगाउँसम्म पुर्याउन आवश्यक रहेको उहाँको भनाई थियो । जागरण अभियानले पार्टी संगठन सुधार हुने र यसका समीक्षाका साथ पार्टी अगाडि बढ्ने उहाँको भनाई छ । काँग्रेस कास्कीका सभापति कृष्ण केसीले अभियानले परिणाम खोजेको बताउँदै परिणाम निस्कने गरी काम गर्ने सवैलाई आग्रह गर्नुभयो ।

पूर्व मन्त्री यज्ञबहादुर थापाले पार्टीमा गुट उपगुट नभई एक ढिक्का भएर अगाडि बढ्न यो अभियानले प्रेरणा मिल्ने बताउनुभयो । नेपाल महिला संघकी केन्द्रीय उपसभापति सरस्वती तिवारीले पार्टीमा अगाडि बढ्नका लागि महिलाहरुको निरन्तर क्रियाशिलताको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा सभासद् शारदा पौडेल, पूर्व सांसद कृष्णकुमारी परियार, नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, साविक क्षेत्र नं. १ की सभापति लक्ष्मी पौडेल, क्षेत्र नं. २ कि सभापति इन्द्रमाया वानिया, क्षेत्र नं. ३ कि सभापति शारदा गिरी, क्षेत्र नं. ४ कि सभापति खिमकुमारी गुरुङ, पोखरा नगर सभापति माया बराल, लेखनाथ नगर सभापति लक्ष्मी पौडेलले बोलेका थिए ।

नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति अनिता तिमिल्सिनाले धन्यवाद र सचिव सिता गुरुङले कार्यक्रम सञ्चालन गरेकी गर्नुभएको थियो ।

Facebook Comments