बेलायती प्रधानमन्त्री थेरेसा मेद्वारा राजीनामाकाे घाेषणा

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले राजीनामाकाे घाेषणा गर्नुभएको छ । मे को राजीनामा आगामी जुन ७ बाट लागु हुने बताइको छ । जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको उत्तराधिकारीबाट राजीनामा दिएको बिबिसीले जनाएको छ । ३ बर्ष सम्म पनि युरोपियन युनियनबाट बेलायतलाई अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा लान नसकेपछि मे को राजीनामा घोषणा भएको हो ।

राजीनामाको घोषण गर्दै थेरेसा मेलेले बेलायतलाई युरोपियन युनियनबाट अलग गर्न आफुले निकै प्रयास गरेपनि सफल हुन नसकेकोमा पश्चताप समेत गर्नुभएको छ । गला अबरुद्ध पार्दै मे ले राजीनामा घोषणा गर्नुभएको हो । मे बेलायतको इतिहासमा दोस्रो महिला प्रधानमन्त्री हुनुभएको हो । उहाँले बे्रक्जिट मुद्दा समाधानका लागि कैयौंपटक प्रयास गर्दा पनि असफल हुनुभएको हो ।

ब्रेजिक्ट मुद्दामा संसदमा भएको ३ पटकसम्मको मतदानमा मे को प्रस्ताव विफल भएको थियो । सोही क्रममा एकपटक अविश्वासको प्रस्ताव समेत सामना गर्नुपरेको थियो ।

Facebook Comments