हावाहुरीले पोखराको सामुदायिक रेडियो गण्डकीमा लाखौको क्षति

पोखरामा रहेको सामुदायिक रेडियो रेडियो गण्डकीमा शुक्रबार दिउसो पोखरामा आएको हावा हुरीले लाखौको क्षती पु¥याएको छ । १२ बर्ष अगाडि स्थापना भएको रेडियो गण्डकीमा पहिलो पटक हावाहुरीको कारण यति ठुलो क्षतिभएको रेडियोले जनाएको छ ।

हावा हुरीकोकारण रेडियोको छतमा रहेको १२ वटा सोलार प्लानल सहित रेडियोको एसटीएलको फेडर केवलमा समेत क्षतीभएको छ । झण्डै १० लाख बराबरको क्षतीभएको रेडियोका स्टेशन म्यानेजर घनश्याम पाण्डेयले बताउनुभयो । शुक्रबार दिउसो पौने ५ बजेदेखि रेडियोको प्रसारण सेवा बन्द भएको छ ।

सञ्चार माध्याम चलाउन धौ–धौ सञ्चालन भइरहेको सोलार लगायतका उपकरणमा क्षति भएपछि रेडियो पूर्ववत अवस्थामा सञ्चालनमा कठिनाई भएको रेडियाका प्रबन्ध निर्देशक जगन्नाथ पौडेलले जानकारी दिनुभयो ।

रेडियोका अध्यक्ष अग्नी कँडेलले २०६४ सालमा स्थापना भएको रेडियो गण्डकी १ हजार वाट क्षमताको रहेको भन्दै प्राकृतिक प्रकोपको कारण रेडियोको प्रसारण सेवा बन्द भएकोमा श्रोताहरुमा पर्न गएको असुविधा प्रति दुःख ब्यक्त गर्नुभएको छ । उहाँले रेडियोको नियमित प्रसारणको लागि नेपाल सरकार र शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।

Facebook Comments