विश्व शान्ति घोषणाका लागि कोरिया लगायतका मुलुकमा शान्ति यात्रा

शान्ति प्रर्बद्धनात्मक गतिविधिका साथै विश्व शान्तिको घोषणाका लागि मे २५ मा पहल थालिएको छैंटौ बर्ष पुरा भएको छ । विश्वमा शान्तिको सन्देश फैलाउनका लागि हेभन्ली कल्चर अफ वल्र्ड पिस रेष्टोरेशन अफ लाइटले पहल गर्दै आएको छ ।

DCIM\100MEDIA\DJI_0612.JPG

छैंटौ बार्षिकोत्सवका अवसरमा विश्वका विभिन्न ७० भन्दा बढी देशमा शान्ति यात्रा गरिएको छ । कोरियाको सिओलमा रहेको विश्व शान्ति द्वारमा विशेष कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा एच डब्लु पि एलका अध्यक्ष मान हि लि ले सम्बोधन गर्नुभएको छ । उहाँले शान्ति प्रर्बद्धनात्मक कार्यक्रममा सहकार्यका लागि सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

विश्व शान्तिको सन्देश हरेक नागरिकले प्रवाह गर्नुपर्ने त्यसमा युवा र महिलाको विशेष भूमिका हुने उहाँको भनाई रहेको छ । युद्ध अन्त्य र विश्व शान्ति स्थापनाका लागि एचडब्लुपिएलले विश्वका विभिन्न मुलुकका रहेका सामाजिक संस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।

DCIM100MEDIADJI_0105.JPG

भावी पुस्ताका लागि सुन्दर र शान्त विश्व हस्तान्तरण गर्नुपर्छ, युद्धले कसैलाई पनि फाइदा पुग्दैन भन्ने मान्यताका साथ संस्थाका अध्यक्ष मान हि लि ले विश्वव्यापी अभियान चलाउँदै आउनुभएको छ ।

Facebook Comments