टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्ड–२०७५ को मनोनयन सार्वजनिकभएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले शनिबार पत्रकार सम्मेलन गरी विभिन्न ८ विधामध्ये वर्ष खेलाडीपुरुष, वर्ष खेलाडी महिला, वर्ष उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो ।

त्यस्तै, मञ्चले यसपालि लाइफ टाइम अचिभमेन्ट अवार्ड चित्रबहादुर गुरुङ (बक्सिङ) लाई प्रदान गर्ने भएको छ । स्याङ्जा मनकामनामा २०१८ सालमा जन्मिएका गुरुङ हाल वनविज्ञान अध्ययन संस्थानमा खेल शिक्षकको रुपमा कार्यरत रहनुभएको छ ।

उहाँले तेस्रो दक्षिणएशियाली खेलकुद कोलकत्ता–१९८७ रजत, चौथो दक्षिणएशियाली खेलकुद–१९८९ स्वर्ण र ११ औं एशियाली खेलकुद बेइजिङ–१९९० कास्यपदक जित्नुभएको थियो । यसअघि लाइफटाइम अचिभमेन्ट अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट र प्रा.डा.वीरेन्द्रसिंह गुरुङलाई प्रदान गरिएको थियो ।

वर्ष खेलाडी पुरुषतर्फ अमृत थापा (स्क्वास), युकेश गुरुङ (प्याराग्लाइडिङ) र रुपक नेपाली (फूलकन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । वर्ष खेलाडीमहिलातर्फ प्रीति बराल (सफ्ट टेनिस), श्रेया केसी (सुटिङ) र सुष्मीश्रेष्ठ (फूलकन्ट्याक्ट कराँते) छन् ।

वर्ष उदियमान खेलाडीमाअर्जुन कुमाल (क्रिकेट), अनुष्का शेरचन (आर्चरी) र सुस्मिताथापामगर (आईटीएफ तेक्वान्दो) तथाउत्कृष्टप्रशिक्षकमादीपकगोदार (फूलकन्याक्ट कराँते), भीमसेन शाक्य (ह्याण्डबल)र राजेन्द्र पाठक (हक्की) मनोनयनमा परेका छन् ।

यसपालिथपवर्ष चर्चित खेलाडीविधातर्फ एसएमएस आधारमा वर्ष खेलाडीपुरुष, महिला र उदियमानविधामामनोनयन परेका ९ मध्ये एकलाई चर्चित घोषणा गरिनेछ । मञ्च संस्थापकएवं सल्लाहकार रामकृष्ण ज्ञवाली संयोजक रहेको खेलाडी छनोट समितिको सिफारिसलाई मञ्चको बैठकले अनुमोदन गरेको हो ।

वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड विधामासमेत अवार्ड दिइनेछ । मूल कार्यक्रममा वर्ष खेलाडी पुरुषलाई टीभीएस अपाचे मोटरसाइकल, वर्ष महिलालाई वीगो स्कुटर सहित अवार्ड दिइनेछ ।

उदियमान खेलाडी, वर्ष प्रशिक्षक, चर्चित खेलाडीलाई जनही २५ हजार र उत्कृष्ट खेल संघलाई १५ हजार प्रदान गरिनेछ । पत्रकारिता अवार्ड विधामा २० हजार सहित अवार्ड रहेको छ । ‘समृद्धिकालागि खेलकुद’मूलमन्त्रका साथपोखरा सभागृहमा जेठ २४ मा हुने अवार्डमा सांस्कृतिककार्यक्रम, खेलाडी ¥याम्प, विभिन्न खेल कौशल प्रदर्शन समेत हुनेछ ।

Facebook Comments