सिक्किम क्रान्तिकारी मोर्चाका प्रेमसिंह तामाङ गोले मुख्यमन्त्री बन्ने

सिक्किमको मुख्यमन्त्री सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ (पिएस गोले) हुने निश्चित भएको छ । २५ वर्षदेखि मुख्यमन्त्री रहेका पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टलाई हराएर प्रेम सिंह तामाङ (पिएस गोले)को सिक्किम क्रानितकारी मोर्चाले गत निर्वाचनमा बहुमत हाँसिल गरेको थियो ।

सिक्किममा रहेको ३२ सिट मध्ये १७ सिटमा सिक्किम क्रान्तिकारी मोर्चा विजयी बनेको छ भने पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टले १५ सिटमा विजयी बनेको छ।

गर्भनरसँगको भेटवार्तापछि भारतको नेपाली भाषी राज्य सिक्किमको नयाँ मुख्यमन्त्री पिएस गोले नै निश्चित भएको हो ।

गोलेले मंगलबार मुख्यमन्त्रीको सपथ लिने तय भएको छ । भ्रष्टाचार आरोपको मुद्दा खेपेका गोले मुख्यमन्त्री हुन सक्छन् कि सक्दैनन् भन्ने विवाद देखिएको थियो । सिक्किमका गभर्नरले उक्त विवाद निरुपण गर्दै मुख्यमन्त्रीको सपथ गराउने मिति तय गरेको बताइएको छ ।

गोलेले १६ विधायकसहित शनिबार गभर्नरलाई भेटेर सरकार बनाउन दाबी पेश गर्नुभएको थियो । निर्वाचनमा उम्मेदवार नभएपनि भारतीय कानुन अनुसार मुख्यमन्त्री बन्न मिल्छ तर ६ महिनापछि निर्वाचित हुनुपर्ने प्रावधान रहेको छ ।

गोलेको पार्टीबाट २ क्षेत्रबाट निर्वाचित विधायक कुंगानिमा लेप्चाले १ स्थानबाट राजीनामा दिएर त्यहाँबाट गोलेले प्रतिस्पर्धा गर्ने र निर्वाचित हुने अनुमान गरिएको छ ।

Facebook Comments