गण्डकी प्रदेशमा जग्गा चक्लावन्दी कार्यक्रमलाई विस्तार गरिने

गण्डकी प्रदेशमा जग्गा चक्लावन्दी कार्यक्रमलाई विस्तार गरिने भएको छ । प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले स सना टुक्रामा विभाजित जमिनलाई एकीकरण गर्ने र सामुहिक खेतीका लागि प्रोत्साहन गर्ने अवधारणालाई विस्तार गर्ने बताउनुभएको छ ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका ३, घाचोक सिरानखेतमा भूमे बराह कृषक समूहले जग्गा चक्लाबन्दी गरी सामुहिक खेती शुरु गरेको छ । सो जमिनको अवलोकनका क्रममा मन्त्री थापाले जग्गा चक्लावन्दी कार्यक्रमलाई विस्तार गर्ने बताउनुभएको हो । उहाँले प्रदेश सरकारले गण्डकी प्रदेशका संभावित अन्य स्थानमा समेत चक्लाबन्दी कार्यक्रमलाई विस्तार गर्ने बताउनुभयो । उहाँले प्रचारमुखी भन्दा पनि काम गरेरै देखाउने योनजामा लागिपरेको बताउनुभयो ।

मन्त्री थापाका अनुसार आगामि बर्ष पनि चक्लाबन्दी कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिनेछ । कृषि उपज संकलन केन्द्र स्थापना गरी बजार व्यवस्थापनमा समेत कृषि मन्त्रालयले सहयोग गर्ने उहाँको भनाई रहेको छ ।

गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बरालले कृषि उत्पादन बृद्धि गरेर आत्मनिर्भर नबन्दासम्म समृद्ध नेपाली सुखी नेपालीको नाराले सार्थकता नपाउने बताउनुभएको छ । उहाँले कृषकले जाँगरका साथ घाचोकमा नयाँ अभियान शुरु गरेको भन्दै कृषिमा आधुनिकीकरण आवश्यक रहेको मा जोड दिनुभयो ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले पालिकाभित्रका बेसीहरुमा व्यक्तिगत लगानीमा समेत जमीन चक्लाबन्दी गरी खेती गर्न शुरु गरिएको जानकारी दिनुभयो । सहकारी मोडनमा काम गर्नुपर्ने उहाँको सभुाmव थियो ।

समूहका अध्यक्ष मोतिलाल पोखरेलले चक्लाबन्दी गर्नको लागि र। १५ लाख खर्च भएको र सो जमीनमा वर्षमा तीन खेती लगाउने गरी तयारी गरिएको जानकारी दिनुभयाे । प्रदेश कृषि मन्त्रालयले चक्लाबन्दी कार्यक्रमका लागि प्रश्ताव आह्वान गरेपछि यहाँका २२ कृषकले कृषक समूह गठन गरी आवेदन गरेको र ५१ रोपनीमा चक्लाबन्दी गरी सामूहिक खेती गर्न शुरु गरिएको मन्त्रालयका भूमि स्रोत तथा नक्साङ्कन महाशाखा प्रमुख गङ्गालाल पोखरेलले जानकारी दिनुभयो ।

Facebook Comments