काठमाण्डौंमा ग्यास सिलिण्डर विस्फोट, ३ जनाको मृत्यु, ४ जना घाइते

राजधानीको सुकेधारा र अनामनगरमा भएको ग्यास विस्फोटका कारण ३ जनाको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको महानगरिय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

१ जनाको घटनास्थलमै र अर्का एकको उपचारका लागि चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो । सुकेधाराको विस्फोटमा अन्य ४ जना घाइते छन् । घाइतेमध्ये ३ जनाको ओम अस्पताल र १ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस्तै अनामनगर घट्टेकुलोमा भएको विस्फोटमा पनि १ जनाको मृत्यु भएको छ ।

उक्त विस्फोटमा अन्य २ जना घाइते भएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । मृत्यु हुनेको सनाखत नभइसकेको र घटना संकास्पद भएको उहाँले बताउनुभयो । प्रहरीले बन्दको पूर्वसन्ध्यामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घटना घटाएको हुन सक्ने आशंका गरेको छ ।

Facebook Comments