प्रेस स्वतन्त्रता संकुचन हुन दिन्नौ, पत्रकारिताको विकृति पनि हट्नुपर्छ : सांसद अधिकारी

नेकपाका गण्डकी प्रदेशका सहइञ्चार्ज एवं खगराज अधिकारीले प्रेस स्वतन्त्रता कुण्ठित हुन नदिने बताउनुभएको छ । तत्कालिन क्रान्तिकारी पत्रकार संघद्वारा स्थापित तथा प्रेस संगठन कास्कीद्वारा सञ्चालित थमन–महेश पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा बोल्दै उहाँले प्रेस स्वतन्त्रताको ‘स’ पनि संकुचन हुन नदिने बताउनुभयो । साथै उहाँले पत्रकारितामा पनि विकृति रहेकाले त्यसो हुन नहुने बताउनुभयो ।

हामी प्रेस स्वतन्त्रताको ‘स’ पनि संकुचन हुन दिदैनौं–उहाँले भन्नुभयो, ‘तर तपाई पत्रकारहरुपनि विकृतीको ‘ब’ पनि हुन नदिन प्रतिबद्ध हुनुस, सक्नु हुन्छ ? ।’

नेता अधिकारीले प्रेस स्वतन्त्रतालाई राजनीतिकरण गरिएको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । विगतमा पित् पत्रकारिताबाट आफूपनि पीडित भएको बताउँदै भने,‘हिजो मलाईपनि रातो पासपोर्ट बेच्यो भनेर चरित्र हत्या गरियो, तर मैले नबेचेको भनेर अदालतले सफाई दियो, अदालतले त मलाई न्याय दियो, तर पत्रिका र रेडियो÷टेलिभिजनले त मलाई सँधै दोषी नै देखायो नि ! त्यसको क्षतिपुर्ती कसले तिर्छ ? ।’ उहाँले पत्रकारितालाई नियन्त्रण नभई नियमन गर्न खोजिएकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले वर्तमान सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गरेको आरोप लगाउनुभयो । लेख्ने हात बाँधेर पत्रकारिता नहुने भन्दै प्रेस स्वतन्त्रताको लागि सबैले एकजुट भएर दवाब दिनुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments