नागरिकसँग अमेरिकी राजदूतको ‘गफगाफ’

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सामाजिक सञ्जालमा नेपालीहरुसँग साप्ताहिक संवाद गफगाफ शुरु गर्नुभएको छ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयले कुटनीतिक मर्यादा नाघेर नेपालीसँग अन्तरसंबाद नगर्न राजदूत बेरीलाई सुझाव दिएको थियो ।

सोमबारबाट राजदूत बेरीले संवाद सुरु गर्नुभएको हो । दुतावासले भने राजदुतले शुरू गर्न लागेको गफगाफ कुटनीतिक मर्यादाभन्दा बाहिर नरहेको र पब्लिक डिप्लोमेसी अन्तर्गत यस्तो सम्बाद जनतासँग गर्न सकिने प्रतिक्रिया दिएको छ ।

एक नेपाली विद्यार्थीले अमेरिकामा पढ्न जाने नेपालीहरुलाई के सल्लाह दिनुहुन्छ भन्ने प्रश्नमा राजदूत बेरीले अमेरिकामा अध्ययन गर्ने प्रक्रियाले तयारी गर्नका लागि निकै समय र परिश्रम लाग्ने उल्लेख गर्दै राजदूतावास भिजिट गरेर विस्तृत प्रक्रिया बुझ्न सुझाव दिनुभएको छ ।

तपाई सम्भावित विद्यार्थी हो भने तपाई अमेरिकी राजदूतावास रहेको हाम्रो अमेरिकन सेन्टरमा आउनु र युएसए सम्बन्धी सल्लाहकारसँग भेट्न सक्नुहुनेछ । र तपाईलाई अध्ययन गर्नका लागि प्रोत्साहन गर्दछुु’ भन्ने जवाफ राजदूत बेरीको रहेको छ ।

Facebook Comments