संविधान विपरित प्रेस सम्बन्धि कानुन बन्दैनः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले संविधानमा नै प्रेस स्वतन्त्रता स्पष्ट भएकाले त्यसविपरीत कानुन नबन्ने बताउनुभएको छ । संविधानको भावना विपरीत कुनै ऐन कानुन नबनाइने प्रचण्डले स्पष्ट पार्नुभयो ।

पत्रकार तथा साहित्यकार शहीद कृष्ण सेन इच्छुकको १७ औँ स्मृति दिवसका अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा उहाँले पत्रकारिताले राज्यलार्य नै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । इच्छुकको स्मृतिमा सोमबार प्रेस संगठन नेपाल विशेष कार्यक्रमको आयोजना गरेको हो ।

पत्रकारिताका माध्यमबाट राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ पार्नुपर्ने उहाँको भनाई थियो । इच्छुकमा राजनीतिक, वैचारिक र सैद्धान्तिक निष्ठा भएको र उहाँले साहित्य, संस्कृति र पत्रकारितामा महत्वपूर्ण योगदान रहेको प्रचण्डको भनाई थियो । उहाँ बहुआयामिक प्रतिभा एवं व्यक्तिका रुपमा चिनिनुहन्छु । इच्छुक पत्रकार र राजनीतिक योद्धा हुनाका साथै असाध्यै सरल, इमान्दार र मिलनसार व्यक्ति रहेको प्रचण्डले स्मरण गर्नुभयो ।

प्रचण्डले समारोह गर्ने फूल चढाउने कार्यत्रले मात्र सहिदप्रति श्रद्धाञ्जलि नहुने भन्दै उहाँले सहिदका सपनालाई व्यवहारिक जीवनमा उतार्नुपर्ने बताउनुभयो । इच्छुकले निर्भीकता र निष्ठाका साथ वर्गीय पक्षधरप्रति खरो उत्रिएर जनमत निर्माणमा निर्वाह गरेको भूमिका अतुलनीय रह्यो प्रचण्डको भनाई थियो । मिडिया काउन्सिल विधेयकप्रति लक्षित गर्दै उहाँले सरोकारवाला पक्षले उठाएका विषय सम्बोधन गर्ने बताउनुभयो ।

Facebook Comments