काठमाण्डौंमा भएको विस्फोट संलग्नता रहेको विप्लवको स्वीकारोक्ति

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेकपाले जेठ १२ गते काठमाडौँमा भएको बम विस्फोटको घटना आफ्नो पार्टीका कार्यकर्ताको निधन भएको स्वीकार गर्दै सहिद घोषणा गरेको छ । पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै उक्त घटनामा बलिदान गर्ने पार्टी, जनमुक्ति सेना र जवसका कमान्डरहरू महान, दीपेन्द्र, प्रज्वलशाही र निरन्तरका साथै भोजपुरमा बलिदान गर्ने तीर्थ घिमिरे ‘राजु’लाई सहिद घोषणा गरिएको उल्लेख गर्नुभएको छ ।

विप्लवले काठमाडौँमा बम विस्फोटको घटनामा कसरी क्षति हुन पुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन रहेको जिकीर गरिएको छ । साथै विप्लवले सहादत प्राप्त गर्नेहरूप्रति सिङ्गो पार्टीका तर्फबाट उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना पनि व्यक्त गर्नुभएको छ । साथै महासचिव विप्लवले १३ गतेको नेपाल बन्द लगायत आमहडताल सफल पार्नेहरूप्रति धन्यवाद दिनुभएको छ ।

काठमाडौंमा आइतबार दुई ठाँउमा भएका बम विस्फोटमा ४ जनाको निधन भएको थियो । काठमाडौको सुकेधारामा भएको विस्फोटमा दाङका गोकुल राना मगर, कालिकोटका दुई जना दिपेन्द्र भन्ने बिभुराम बिक र निरन्तर मल्ल ठकुरीको रहेको प्रहरीले जनाएके छ । घट्टेकुलोमा भएको बम विस्फोटमा मृत्यु हुने प्रज्वल शाही रहेको पनि प्रहरीले जनाएको छ । विस्फोटमा परेर घाइते भएका पाँच जना विप्लवका कार्यकर्ता अहिले प्रहरीको नियन्त्रणमा अस्पतालमा उपचाररत रहेका छन् ।

घट्टेकुलोमा घाइते भएका त्रिचन्द्र कलेजका इकाइ अध्यक्ष रविन केसी, सुकेधारामा घाइते भएका सैलुन सञ्चालक जीवकुमार ठाकुर, कपनका हरि खड्का, ललितपुर चुनिखेलका सुनिल महर्जन र नाम खुल्न नसकेका अर्का एक जनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।
विज्ञप्तिको पूर्ण पाठ

Facebook Comments