जापानमा विद्यार्थीको समूहमाथि चक्कु प्रहार, २ बच्चाकाे मृत्यु

उत्तम पण्डित, जापान

जापनमा बस कुरिरहेका विद्यार्थीहरुको समूहमा आक्रमण हुँदा ३ जनाको मृत्यु भएको छ । टाेकियाे नजिकै रहेकाे कावासाकीमा भएकाे घटनामा परी १८ जना घाइते भएका छन् । घटनामा संलग्न संग्दिध व्यक्तिको पनि अस्पतालमा निधन भएको बताइएको छ । मंगलबार स्थानीय समय अनुसार १८: ३० मा भएकाे उक्त घटनामा ११ बर्षका दुई जना र ३९ बर्षका एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।

घटना घटाउने व्यक्तिले आफ्नो घाटीमा प्रहार गरेपछि उपचारका लागि अस्पताल लगिएकोमा अस्पतालमा नै निधन भएको बताइएको छ । आक्रमणमा परेका मध्ये १६ जना विद्यालयका छात्रा रहेको बताइएको छ ।

दुवै हातमा चक्कु लिएका व्यक्तिले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ । जापनमा हिंसात्मक घटना विरलै हुने भएपनि पछिल्लो घटनाले नागरिकमा त्रास बढेको छ ।

Facebook Comments