भारतमा नरेन्द्र मोदीले विहीबार दोस्रो कार्यकालका लागि सपथ ग्रहण गर्नुहुने

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको भारतीय जनता पार्टीले फेरि सरकारको नेतृत्व गर्ने भएको छ । नरेन्द्र मोदी प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालका लागि आउने बिहीबार अर्थात् ३० मईका दिनबाट विधिवत रुपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

बिहीबार साँझ मोदीले प्रधानमन्त्रीको रुपमा दोस्रो पटक पदको शपथ लिनुहुने तय भएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई राष्ट्रपति भवनमा साँझ ७ बजे शपथ गराउनेहुने कार्यक्रम सार्वजनिक भएको छ । मोदी सहित मन्त्रीपरिषदका सदस्यहरुलाई पनि त्यहि दिन शपथ ग्रहण गराइने कार्यक्रम तय भएको छ । मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुन विमस्टेकका राष्ट्र सदस्यहरुलाई आमन्त्रण गरिएको छ ।

Facebook Comments