अत्याधिक लागू औषध सेवन गर्दा विमानमै मृत्यु

जापानी नागरिकको अत्याधिक कोकिन सेवनका कारण विमानमा यात्रा गरिहेका बेला मृत्यु भएको छ । मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती व्यक्तिको मृत्यु भएको हो । निजले २४६ वटा कोकिनका प्याकेट सेवन गरेको बताइएको छ ।

विमानभित्रै ती व्यक्तिको मृत्यु भएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो । उदो एन नामका ती व्यक्तिलाई लागूऔषध कोकिन ओभरडोज भएको परिक्षण पछि पत्ता लागेको थियो ।

चिकित्सकले परीक्षणका क्रममा उनको पेट र आन्द्रामा २ दशमलव ५ सेन्टिमिटर लामो र १ सेन्टिमिटर चौडाइका कोकिनका पोका भेटाएका थिए । कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए ।

विमानमै उनको मृत्यु भएपछि एयर मोसिलियो नगरमा विमानलाई आपत्कालीन अवतरण गराइएको थियो । विमानमा सवार अन्य १९८ जना यात्रुलाई नियमित उडानमा नै गन्तव्यमा पुर्याइएकाे थियो ।

एजेन्सीकाे सहयाेगमा

Facebook Comments