ट्रम्पको प्रस्तावले हाँसो लाग्योः हुवावे प्रमुख रेन झेङफेई

टेलिकम्युनिकेसन कम्पनी हुवावेका प्रमुख रेन झेङफेईले अमेरिका र चीनवीचको व्यापार वार्तामा आफूलाई सहभागी गराउने अमेरिकी प्रस्तावले हाँसो लागेको टिप्पणी गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशको व्यापार वार्तामा हुवावेलाई समावेश गर्न सकिने बताएपछि रेनले यस्तो टिप्पणी गर्नुभएको हो ।

ब्लुमवर्ग टेलिभिजनसँगको अन्तर्वार्तामा रेनले ट्रम्पको त्यो प्रस्ताव आफैंमा ठूलो जोकका रुपमा चित्रित गर्नुभएको छ । उहाँले अमेरिकाले कहिल्यै पनि हुवावेका सामान नकिनेको बताउनुभएको छ । रेनले भविष्यमा पनि अमेरिकालाई हुवावेको उत्पादन बेच्न आवश्यक नरहेको प्रतिक्रिया दिनुभएको छ ।

ट्रम्पले आफूलाई वार्ताका लागि बोलाए पनि सहभागी हुने रेनले स्पष्ट पार्नुभएको छ । ‘ट्रम्पले फोन गरे पनि नउठाउने उहाँको भनाई छ । ट्रम्पको ट्वीट देखें र हाँसें रेनको भनाई थियो ।

संसारको दोस्रो स्मार्ट फोन निर्माता र नयाँ पुस्ताको फाइभजी नेटवर्क विस्तारमा आक्रामक हुवावेलाई केही समयअघि अमेरिकामा प्रतिबन्ध लगाइएको छ । हुवावे राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै अमेरिकी कम्पनीहरूलाई हुवावेसँग कारोबार नगर्न पनि ट्रम्पको निर्देशन रहेको छ ।

Facebook Comments