संघीय गणतन्त्रलाई थप संस्थागत गर्न आवश्यकः मुख्यमन्त्री गुरुङ

गणतन्त्र दिवस २०७६ को अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले जारी गर्नुभएको शुभकामना सनदेशमा सम्पूर्ण नेपाली दाजु भाई दिदीवहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको कामना गरिएको छ ।

उहाँले गणतन्त्र प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्दै गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सबैमा सम्मान प्रकट गर्नुभएको छ ।

त्याग र बलिदानको प्रतिफल स्वरुप संघीय लोकतानित्तक गणतन्त्र स्थापित भएको भन्दै उहाँले यसलाई थप संस्थागत र सुदृढ पार्न सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने औल्याउनुभएको छ ।

Facebook Comments