जागरण अभियान अधिानयकवाद विरुद्धः काँग्रेस नेता जोशी

नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले वर्तमान सरकारले एक दलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाल तरुण दल कास्कीले आयोजना गरेको विपतमा तरुण दल विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै नेता जोशीले यस्तो बताउनुभएको हो ।

साथै उहाँले अधिनायकको विरुद्ध तरुण दलले खवरदारी गर्नुपर्ने बताउनुभयो । वर्तमान सरकारले एक दलिय अधिनायकवाद लाद्नका लागि विभिन्न विषयमा विधयक दर्ता गराएर काँग्रेसको नाडी छाम्ने काम गरेको नेता जोशीको भनाई छ ।

प्रेस, अदालत, मानवअधिकार आयोग लगायतमा अंकुश लगाउँदै अधिनायकवाद लाद्न सरकार उद्दत रहेको जोशीको आरोप रहेको थियो । पार्टीको जागरण अभियान पनि वर्तमान सरकारको अधिनायकवाद विरुद्ध आन्दोलन र विरोधको तयारी भएको भन्दै तरुण दल जाग्नुपर्ने बेला भएको उल्लेख गनुृभयो ।

नेताहरुसँग असहमति भए पार्टीका आन्तरिक अधिवेशन र महाधिवेशनमा पराजित गर्नुपर्ने तर अहिले नेताहरुलाई सार्वजनिक ठाँउमा गर्ने भन्दा पनि सरकारको अधिनायकवाद विरुद्ध जाग्नुपर्ने जोशीको भनाई थियो । गुटले गर्दा पार्टी कमजोर भएको नेता जोशीको ठहर रहेको छ ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग वस्नेतले तरुण दल जहिलेपनि जनताको साथ र माझ रहने स्पष्ट पार्नुभयो । वर्तमान ओली सरकारले अहिले देशलाई नै विपद् अवस्थामा पुर्याएको उहाँको भनाई थियो । लोकतन्त्र रक्षाको लागि अव तरुण दल लड्नु पर्ने बेला आएको भन्दै उहाँले सम्पूर्ण तरुण जोस जागर र विचार वोकेर हिड्नु पर्ने बेला आएको बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले चट्टान जस्तो ढाल वनेर उभिने भातृ संस्था भनेको तरुण दल भएको उल्लेख गर्नुभयो । काँग्रेसले जागरण अभियान अन्तर्गत देशैभर विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Facebook Comments