संघीय संसदमा बजेट पेश हुँदै, १५ खर्ब ७७ अर्बको सिलिङ

नेपाल सरकारले आगामि आर्थिक बर्ष २०७६÷७७ का लागि बजेट प्रस्तुत गर्दैछ । हरेक बर्षको जेठ १५मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अन्तर्गत बजेट प्रस्तुत गर्न लागिएको हो । यसबर्षको बजेट झण्डै १६ खर्वको हुने अुनमान गरिएको छ । राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ १५ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँ तोकेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बुधबार ४ बजे बस्ने बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सरकारले यसअघि प्रस्तुत गरेको नीति तथा कार्यक्रमकै आधारमा बजेट पेश हुनेछ । सामाजिक सुरक्षा भत्ता बृद्धि हुने संकेत सरकारले यसअघि नै गरेको छ । पुर्वाधार विकासमा जोड दिने अपेक्षा गरिएको छ ।

Facebook Comments