निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा आगजनी

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा आगजनी गरिएको छ । रंगशालाको सुरक्षाका लागि लगाइएको बार केही स्थानीयले भत्काइदिएका हुन् । बुधबार विहान रंगशालाको बार डोजर लगाएर भत्काइदिएका धुर्मस सुन्तली फाउण्डेशनले जनाएको छ ।

नेकपाका स्थानीय नेता प्रकाश कँडेल, स्थानीय सुरेन्द्र बिक सहितका व्यक्तिहरु घटनामा संलगन रहेको र उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्की समेत दिएको बताइएको छ ।

घटनामा संलग्न भएको आशंकामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रकाश कँडेललाई पक्राउ गर्न खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । बार भत्काउन प्रयोग गरिएको डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडक निर्माणका विषयमा स्थानीय असन्तुष्ट रहेको बुझिएको छ । स्थानीय व्यवसायीहरुले निर्माण सामग्री खरिद र कमिसन लगायतमा फाउण्डेशनलाई दवाव दिंदै आएको बुझिएको छ ।

Facebook Comments