शिवालय माविमा चित्रकला प्रशिक्षण सम्पन्न

कास्कीको रुपागाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा चित्रकला सम्बन्धी २ दिने प्रशिक्षण सम्पन्न भएको छ । राइट फर चिल्ड्रेन नामक गैरसरकारी संस्थाको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई युवा कलाकार रविन परियारले प्रशिक्षण दिनुभएको हो ।

आयल पेस्टल कलरको प्रयोग गरी विद्यार्थीहरुलाई विभिन्न सिनेरी सम्बन्धी कला सिकाइएको थियो । छनोट भएका १६ जना विद्यार्थीलाई सो प्रशिक्षणमा सहभागी गराइएको थियो । सो अवसरमा राइट फर चिल्ड्रेनकी फोकल पर्सन केशु भुजेलले बालअधिकार सम्बन्धी अभिमुखीकरण गराउनुभएको थियो ।

यसै बीचविद्यालयले नियमित रुपमा चित्रकला कक्षा सञ्चालन गर्ने विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले जानकारी दिनुभयो ।

Facebook Comments