अर्थमन्त्री डा.खतिवडाद्वारा १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत

सरकारले आगामि आर्थिक बर्ष ०७६७७का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा उक्त रकम बराबरको अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नुभएको हो ।

विनियोजित बजेटमा आय तर्फ राजस्व ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख, बैदेशिक अनुदान ५७ अर्ब ९९ करोड ५५ लाख, बैदेसिश ऋण २ खर्ब ९८ अर्ब ३३ करोड तथा आन्तरिक ऋण १ खर्ब ९५ अर्ब रहने उल्लेख छ ।

चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजीगत तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख तथा वित्तीय व्यवस्था तर्फ १ खर्ब ६७ अर्ब ५ करोड ९ लाख विनियोजन गरिएको छ ।

तस्वीर प्रदिपराज वन्त

Facebook Comments