सांसद चौधरी भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुने

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सथप ग्रहण समारोहमा भाग लिन नयाँ दिल्ली प्रस्थान जानुभएको छ । भारतको राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणमा सहभागिताका लागि निमन्त्रणा प्राप्त भएपछि चौधरी बिहीबार बिहान दिल्ली प्रस्तान गर्नुभएको हो ।

भारतका प्रधानमन्त्रीको सपथ ग्रहण समारोह बिहीबार साँझ भारतीय समय अनुसार सात बजे राष्ट्रपति भवनमा आयोजना गरिएको छ । सोही अवसरमा मोदी सरकारका मन्त्रीहरूले पनि सपथ ग्रहण गर्ने कार्यक्रम छ । सांसद चौधरी सपथ ग्रहणपछि शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

अध्यक्ष चौधरीको भारतका प्रधानमन्त्री मोदीस“ग निकट सम्बन्ध रहेको छ । सन् २०१४ मामोदीको पहिलो प्रधानमन्त्री कार्यकालका लागि सपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो । गुजरातको मुख्यमन्त्री हु“दादेखि नै मोदी र चौधरीबीच सुमधुर सम्बन्ध रहदै आएको छ ।

Facebook Comments