” हिमाल चढ्नु भन्दा समाज सेवा गर्न गाह्राे छ” -पेम्बा दोर्जे शेर्पा (सगरमाथा आरोही)

नायिका श्वेता खड्कालाई सगरमाथाबाट सन्देश

स्पीड क्लाइम्बरको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल नेपाली सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पाले श्वेता श्री फाउण्डेशनको संस्थागत लोगो अंकित ध्वजालाई सगरमाथाको चुचुरोमा फहराउनुएको छ ।

स्व.नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काको तस्विर अंकित टि सर्ट पहिरिएर गत जेठ ८ गतेका दिनमा पेम्बा दोर्जे शेर्पाको अगुवाईमा चीन र भारतका १० सदस्यीय
आरोहण टोलिले सगरमाथाको चुचुरोमा श्वेता श्री फाउण्डेशनको संस्थागत ध्वजा फहराएको हो ।

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ आफ्नु मिल्ने साथी भएको बताउँदै आरोही पेम्बा दोर्जेले आफ्नो साथीको नाममा स्थापित संस्थाले सामाजिक बिकासको क्षेत्रमा निक्कै राम्रो काम गरिरहेकोले सो कामलाई हौसला प्रदान गर्न आफुले उक्त संस्थाको नाम सगरमाथाको चुचुरो र्पुयाएको बताउनुभयो ।

“हामी राम्रो काम गर्नेलाई हौसला दिनु भन्दा हत्तोसाहित गर्न तत्पर रहन्छौं, उहाँले भन्नुभयो, “ स्वर्गिय श्रीकृष्णकी पत्नी श्वेता खड्काले माझी बस्ती बनाएर सरकारले गर्नु पर्ने कामलाई आफुले अंगाल्नुभएको छ । एउटी नारीले नमुना बस्ती बनाउन जुन किसिमको हिम्मत गरिन त्यो हिम्मतलाई हामीले कदर गर्नुपर्दछ, खड्काको हिम्मतको कदर गर्दै मैले सो संस्थाको नामलाई सगरमाथाको चुचुरोमा र्पुयएको हुँ ।”

सामाजिक काम गर्नु भनेको हिमाल चढ्ने काम भन्दा पनि कठिन भएको बताउँदै आरोही शेर्पाले हिमाल चढ्दा खुट्टा तान्नेहरुको संख्या कम हुने तर सामाजिक काममा खुट्टा तान्नेहरु धेरै हुने उल्लेख गर्नुभयो । नायिका श्वेता खड्काले हिमाल चढ्ने भन्दा पनि कठिन काम गरिरहेको बताउंदै उहाँले सबै क्षेत्रबाट नायिका खड्कालाई प्रोत्साहित गर्नु पर्ने बताउनुभयो ।

नायक श्रेष्ठको निधन हुंदा आफु बिदेशमा रहेको र प्रत्यक्ष रुपमा श्रद्दान्जली दिन नपाएकोमा आफुलाई ग्लानी महसुस भएको बताउँदै आरोही शेर्पाले आफ्नो हितैशी मित्रको स्मृतिमा स्थापित श्वेताश्री फाउण्डेशणको नामलाई संसारकै अग्लो शिखरमा र्पुयाउन पाउँदा गर्वको महसुस भएको बताउनुभएको छ ।

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा नायिका श्वेता खड्काले स्थापना गरेको श्वेता श्री फाउण्डेशनले यतिखेर सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोक गढी नगरपालिका वार्ड न १४ का ५३ घर भुकम्प पिंडित माझी परिवारको लागि एकिक्रित बस्ती निर्माण गरिरहेको छ ।

हाल सम्म ५३ वटा घरहरु निर्माण गरिसकेको सो फाउण्डेशनले अन्य भौतिक पुर्वाधारहरु जस्तै सामुदायिक भवन, बाल बगैंचा, स्वास्थ्य चौकी, रोड, नाला, वाटर फाउन्टेन लगाएतका अन्य संरचनाहरु निर्माण गर्न योजना अनुरुप आवश्यक आर्थिक सहयोग संकलनको अभियानमा जुटी रहेकोछ ।

Facebook Comments