सरकार संघीयता विरोधीः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार संघीयताको पक्षमा नरहेको टिप्पणी गर्नुभएको छ । सरकारकाे नीति तथा कार्यक्रम र बजेटमा प्रदेश र स्थानीय तहमा अधिकार बन्चित गरिएकाे सभापति देउवाकाे दावी छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा देउवाले बजेटमा समेत संघीयतालाई प्राथमिकतामा नपरेको बताउनुभएको हो ।

उहाँले ओली सरकार संघीयताकै पक्षमा नभई संघीयताको विरोधमा रहेको बताउनुभयो । संविधानले प्रदेशमा दिएको अधिकार समेत सरकारले खोस्न खोजेको उहाँको आरोप छ । ओली सरकार अधिनायकवादी भए अर्को आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै कांग्रेस सभापति देउवाले त्यसका लागि तयार रहन निर्देशन दिनुभयो ।

Facebook Comments