भारतीय प्रधानमन्त्री मोदीद्वारा सपथ ग्रहण, पार्टी अध्यक्ष अमित शाह मन्त्री(भिडियाे)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । हालै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा बहुमत हासिल गरेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त लोकतान्त्रिक गठबन्धन (एनडिए) को संसदीय दलका नेता मोदीले साँझ सात बजे राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्रीको सपथ लिनुभएको हो ।

प्रधानमन्त्री मोदीसँगै भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, तत्कालीन विदेश सचिव एस जयशंकर, पार्टी अध्यक्ष अमित शाह, त्यस्तै उत्तर प्रदेशको अमेठीमा भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई पराजित गरेकी स्मृति इरानी, राजनाथ सिंह, नितिन गडकरी, पियुष गोयल, निर्मला सीतारमणले पनि नयाँ कार्यकालका लागि सपथ लिएका छन्।

मोदीको सपथ ग्रहणमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको छ । सपथ ग्रहणका लागि मोदीले विम्स्टेक राष्ट्रका सरकार र राष्ट्रप्रमुखलाई निम्तो गरिएको थियो ।

Facebook Comments