कास्कीमा स्थानीय तहको सिमाना अद्यावधी गर्ने कार्य शुरु

गण्डकी प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आज शुक्रबारदेखि कास्की जिल्लाको स्थानीय तहको सिमाना अद्यावधी गर्ने कार्यको शुरु गरेको छ । भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले हेम्जा फेदीमा भएको एक कार्यक्रमका विच सिमाना अद्यावधी गर्ने कार्यको शुभारम्म गर्नुभएको हो ।

मन्त्री थापा मगरले असार तेस्रो हप्ता सम्म कास्कीको स्थानीय तहको सिमाना र सडकको अद्यावधिक गरिने जानकारी दिनुभयो । नेपालमै पहिलो पटक गण्डकी प्रदेशबाट सिमाना अद्यावधी गर्ने कार्यको शुरु भएको उहाँको भनाई थियो । नापी विभागसंगको सहकार्यमा शुरु गरीएको सिमाना अद्यावधी गर्ने कार्यमा ३ समुहमा विभाजन गरीएको छ । एक समहुले कास्कीको अन्नपुर्ण र माछापुच्छे«, अर्को समहुले पोखरा महानगर र तेस्रो समुहले रुपा गाउँपालिका र मादी गाँउपालिकाको सिमाना अद्यावधी गर्ने बताइएको छ ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले महत्वपुर्ण कार्यको थालनी भएको भन्दै सिमाना अद्यावधी बैज्ञानिक तरिकाले हुने बताउनुभयो । केही ठाउँमा देखिएको सिमा विवाद यस्ले निराकरण गर्ने कोइरालाको भनाई थियो ।

पोखरा महानगरपाकिलाका मेयर मानबहादुर जिसीले प्रदेश सरकारले भु उपयोग नीति बनाउनु पर्नेमा जोड दिनुभयो । मेयर जिसीले गाउँपालिका र नगरपालिकाकालाई भुउपयोग नीति बनाउन बाध्य पार्नुपर्ने भन्दै सिमाना भइसकेकोले अद्यावधी गर्नेमात्रै कार्यभएको बताउनुभयो ।

कास्की जिल्ला समन्वय समितिका प्रमुख बैन बहादुर अधिकारी क्षेत्रीले कास्कीलाई ५ मात्रै स्थानीय तह बनाउनु गल्ती भएको बताउनु भयो । उहाँले धेरै स्थानीय तह हुदा बजेट तथा कार्यक्रमपनि बढी हुदा विकास हुने थियो भन्दै कास्कीमा विकासको लागि समन्वय गर्न आफु सधै तयार रहेको बताउनुभयो ।

गण्डकी प्रदेशको भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव बद्रीनाथ अधिकारीले सिमाना अद्यावधी गर्ने कार्य गण्डकी प्रदेशको नवलपुर र कास्कीबाट शुरु भएको बताउनुभयो । कतिपय स्थानमा सीमा समस्या रहेका बेला यस कार्यले सहयोग पुग्ने विश्वास गरिएको छ ।

Facebook Comments