नेको इन्सुरेन्सको सचेतनामुलक प्रभात फेरी सम्पन्न

नेको इन्सुरेन्स कम्पनी लिमिटेडको स्थापनाको २३ औँ बर्षको उपलक्ष्यमा शुक्रवार पोखरामा बीमा सम्बन्धि सचेतना मुलक प्रभातफेरी आयोजना गरियोे । पोखरा कुटि रिसोर्टबाट सुरु भएको प्रभातफेरी जिल्ला मालपोत कार्यालय, शहिदचोक, बाराहीचोक, हल्लनचोक हुदै पुन रिसोर्ट गई सम्पन्न भएको हो ।

संस्थाको बार्षिकोत्सवको अवसरमा बीमा सम्बन्धि सचेतना जगाउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको लिमिटेडका प्रमुख कार्यकारीणी अधिकृत बिश्वराम तिमिलाले जानकारी दिनुभयो ।

प्रभातफेरिमा सहभागीहरुले “हामि जोखिम बहन गर्न तयार छौँ, के तपाई जोखिम मुक्त हुन तयार हुनुहुन्छ ।, अब राहत होइन, बीमा रोजौँ ।, म जिम्मेवार छु किनकी म बीमा गर्छु ।” लगायत बिभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

कार्यक्रममा बोल्दै तिमिलाले आफ्नो जुनसुकै सम्पत्तिको जोखिम बीमा गरी भैपरी आउने क्षतिबाट बच्न सबैलाइ आग्रह गर्नुभयो ।

Facebook Comments