जापानका सम्राट अकिहितोद्वारा पद त्याग, नारोहितोलाई जिम्मेवारी

जापानका सम्राट अकिहितोले आफ्नो राजगद्दी परित्याग गर्नुभएको छ । जापानको राजधानी टोकियोमा मंगलबार एक समारोहमा सम्बोधन गर्दै उहाँले राजगद्दी त्यागेको घोषणा गर्नुभएको हो ।

ऐतिहासिक समारोहमा राजा अकिहितोले राजाको रुपमा अन्तिमपटक सम्बोधन गर्नुभएको हो । जापानको २ सय वर्षको शाही इतिहासमा राजगद्दी छोडने उहाँ पहिलो सम्राट पनि बन्नुभएको छ । कानुन बनाएरै उहाँले राजगद्दी परित्याग गर्नुभएको हो ।

८५ वर्षका सम्राट अकिहितोले बढ्दो उमेर र खस्किदो स्वास्थ्यलाई ध्यानमा राख्दै पद त्याग गर्नुभएको र जिम्मेवारी आफ्नो छोरा युवराज नारोहितोलाई जिम्मेवारी दिनुभएको छ । युवराज नारोहितोले बुधबार एक विशेष समारोहकाबीच राज्याभिषेक मार्फत् सम्राटको जिम्मेवारी लिनुहुनेछ ।

Facebook Comments