बालुवाटार जग्गा प्रकरणको यर्थाथ बाहिर आउँछ प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका महासचिव विष्णु पौडेलको जग्गा खरिद लगायतका ललिता निवास निजीकरण प्रकरणमा छानविनपछि तथ्यहरु बाहिर आउने बताउनुभएको छ । यद्यपि उहाँले जग्गा खरिद गर्दा राजाको शासनकाल रहेको र पदीय हिसावले दुरुपयोग गरी जग्गा खरिद नगरेको तर्क गदै पौडेलको बचाउन गर्नुभएको छ ।

मंगलबार नेकपाको संसदीय दलको बैठकमा संसदीय दलका नेता समेत रहनुभएका प्रधानमन्त्ती ओलीले पौडेलको नाम जोडेर नेकपालाई कमजोर बनाउन षडयन्त्र गरिउको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटार (ललिता निवास) सँगै जोडिएको आठ आना सरकारी जग्गा पौडेलका छोरा नवीनको नाम खरिद गरेको महासचिव पौडेलले बताएपनि जनस्तरमा भने भूमाफियासँगको मिलेमोतो भएको आशंका हुँदै आएको छ ।

प्रधानमनत्रीले सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउनेहरुको खोजी भइरहेको र आवश्यक कार्वाह ीगर्ने बताउनुभयो । सार्वजनिक जग्गाबारे सरकारले अध्ययन गरिराखेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नै सरकारले बालुवाटारको जग्गाको खोजविन गरेको बताउनुभयो । सरकारी सम्पत्तिलाई आफूहरुले संरक्षण गरेको भन्दै उहाँले भ्रष्टाचारी र अनियमित काम गर्नेहरुलाई कार्वाही गर्ने बताउनुभयो ।

Facebook Comments