पोखरामा होटल सञ्चालक अपहरणको आरोपमा तीनजना भारतीय पक्राउ(पीडितकाे जाहेरी सहित)

पोखराको पृथ्वीचोकमा रहेको निलकमल होटलका सञ्चालक शालिग्राम पौडेल अपहरण गरेको आरोपमा तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार बक्सर जिल्ला मोफसिल वक्सर थाना पोष्ट बनारपुर घर बताउने बर्ष ३९को सुनिल कुमार तिवारी सोही स्थान बस्ने बर्ष २६को अरविन्द तिवारी र बर्ष २७को अभिजित रायलाई प्रहरीले भाग्दै गर्दा स्याङजाको फेदीखोलाबाट पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ६ बजेतिर होटलमा कोठा सोध्दै भारतीय नीजि नम्बर प्लेटको मारुती सहित आएका उनिहरुले साझँमा सोही होटलमा महङो रक्सी मटन सहित खाना खाएको विहान नास्ता समेत गरेर १५ हजार ५०० सयको विल उठेकोमा गाडीमा पेट्रोल हाल्ने पैसा नभएको एटिएम बाट निकालेर सवै पैसा दिने भन्दै उनिहरुले ६ हजार ५ सय समेत होटल सञ्चालक संग लिएका थिए ।

पक्राउ परेकाले प्रयाेग गरेकाे गाडी

बुधबार विहान ७ . १० बजे तिनै जना एकै साथ होटलबाट बाहिर जान लागेकोमा होटल सञ्चालकले भाग्ने शंका लागेर एक जना गएर पैसा लिएर आउनु अरु होटेलमै बस्नु भन्दा आफुलाई पनि जबरजस्त गाडीमा हालेर लिएर गएको होटल सञ्चालक शालिग्राम पौडेलले बताउनु भयो ।

एटिएम यहि नजिकै छ भन्दै उनिहरुले रत्नचोक हुदै ड्यामसाइडको बाटो आफुलाई विरौटा पु¥याएपछि संका लागेर पौडेलले आफ्ना नजिकका मित्रलाल ढकाललाई फोन गरेपछि मोबाइल नियन्त्रणमा लिएर आफु माथी मुक्का प्रहार गर्दे अब तेरो अन्तिम दिन भन्दै नियन्त्रणमा लिएको पौडेलले बताउनुभयो ।

पौडेलले उनिहरुले आफुलाई समात्दा समात्दैपनि गाडीको शिसा खोलेर बाहिर टाउको निकालेर गुहार मागेपछि स्कुटर र ट्याक्सीहरुले पिछा गर्न थालेपछि उनिहरुले चल्दैगरेको गाडीबाट लात्ती र मुक्काले हान्दै रोडमा फाल्दीएको बताउनु भएको छ । पौडेलको घुडा, खुट्टा, कुहिनो र शरिरको विभिन्न ठाउँमा चोट लागेको छ ।

बराल फिड नजिकै आफुलाई फालेको ठाउँबाट माइक्रोबससंग लिफ्ट मागेर छोरेपाटन पुगेका पौडेलले घटनाबारे जानकारी गराएपछि फेदीखोला प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।बैदाम बाट गएको प्रहरीटोलीले अपरकारीहरुलाई पोखरा ल्याएर अहिले जिल्ला प्रहरी कार्यालय कास्कीका शरिर बन्दक तथा अपरण मुद्धा चलाइएको छ ।

उनिहरुको साथमा २० रुपैया मात्रै रहेको घुम्न आएको भनिएका उनिहरुको साथमा झोला समेत नभएको र अन्य कपडा पनि नहुनुले यिनिहरु पेशेबर अपराधी हुन सक्ने प्रहरीले आशंका गरेको छ । कास्की प्रहरी प्रमुख ओम रानाले उनिहरुलाई कानुन अनुसार कडा भन्दा कडा कार्वाही हुने बताउनुभयो ।

Facebook Comments