गण्डकी प्रदेशमा मे मापन सुरु

गण्डकी प्रदेशमा आज देखि मे मापन महिनाको औपचारीक सुरुवात गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको रक्तचाप, मधु मेह र विएम आई परिक्षण गरेर गण्डकी प्रदेशमा मे मापन महाअभियानको औपचारीक सुरुवात गरिएको हो ।

मन्त्री पुनले अभियान महत्वपुर्ण भएको बताउदै मृगौला परिक्षण पनि यस अभियानमा समेट सके धेरै फाइदा पुग्ने बताउनु भयो । उहाँले प्रदेश सरकारलेपनि स्वास्थ्यको क्षेत्रमा सक्दो सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

गण्डकी प्रदेशमा २३ प्रतिशत मानिसमा उच्च रक्तचाप देखिएको बताउनु भयो । २०१७ बाट अन्त्राष्ट्रिय उच्च रक्तचाप समाजको नेतृत्वमा गरीएको अभियानको यस प्रदेशमा जनस्वास्थ्य संघ (नेफा) गण्डकीको नेतृत्वमा भएको हो ।

एक महिना सम्म यस प्रदेशमा विभिन्न जिल्लामा ४० केन्द्रमा १० हजार भन्दा बढिको रक्तचाप र ५ हजार भन्दा बढीको सख्यामा मधुमेह र मोटोपना परीक्षण गरीने जनस्वास्थ्य संघ (नेफा) गण्डकीका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय रुपमा यस अभियानको संयोजनको जिम्मा नेपाल विकास समाजले लिएको नारायण सापकोटाले जानकारी दिनु भयो । नेपालमा हुने मृत्यु मध्य ६० प्रतिशत दिर्घरोगको कारणले हुने गरेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले बताउनु भयो । उहाँले रक्तचाप परिक्षणले मानविय क्षति कम गराउन ठुलो सहयोग पुग्ने भन्दै सवै नागरिकले उच्च रक्तचाप परिक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।

Facebook Comments