पोखरामा ‘इञ्जोय जोन’ बनाउने तयारी

पोखरामा मनोरञ्जनात्मक क्षेत्र (इञ्जोय जोन) बनाइने भएको छ । गण्डकी प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले इञ्जोय क्षेत्र बनाउने तयारी गरेको हो । पोखरामा इञ्जोय जोनको अवधारणा अघि सारिएको छ ।

पर्यटनमन्त्री विकास लम्सालले इञ्जोय क्षेत्रमा मनोरञ्जनात्मक रुपमा पर्ने सबै कुरा हुनेछन् । इञ्जोय जोनमा गइसकेपछि पर्यटकले चाहेको सबै आनन्द र स्वाद लिन पाउने खालको बनाइने मन्त्री लम्सालले स्पष्ट पार्नुभयो । जसमा खाना, खाजा, खेल्ने, रमाउने, स्विमिङसम्म हुनेछ ।

अन्यदेशमा इञ्जोय जोनमा लागू पदार्थसमेत सेवन गर्न पाइने ब्यबस्था हुन्छ जसमा गाँजा, भाङ, धतुरोदेखी मदिराजन्य सबै तथा यौन तथा यौनजन्य क्रियाकलाप गर्न तथा गराउन पाइन्छ हाम्रोमा भने अहिले राती अबेर सम्म बसेर इञ्जोय गर्न पाइने बनाइने बताउनुभयो । इञ्जोय क्षेत्रमा सुरक्षाको पूर्ण ज्ञारेन्टी हुने मन्त्रालयले जनाएको छ ।

इञ्जोय जोनमा प्रहरी प्रशासनको पहुँच हुने छैन । भित्र कुनै लफडा वा लडाईं झगडा भइहाले त्यहिंको आन्तरिक प्रशासनले हेर्ने व्यवस्था राखेर इञ्जोय क्षेत्र बनाउने तयारी गरिएको मन्त्री लम्सालले जानकारी दिनुभयो । विदेशीहरुलाई मध्यनजर गरेर इन्जोय जोन बनाउन लागीएको बताइएको छ ।

पोखरामा बन्ने यस क्षेत्र डेनमार्क र थाइल्याण्डको जस्तो भने नहुने मन्त्री लम्सालले स्पष्ट पार्नुभयो । इञ्जोय क्षेत्र बनाउनका लागि बजेटसमेत विनियोजन भएको मन्त्री लम्सालले जानकारी दिनु भयो । मन्त्री लम्सालका अनुसार पर्यटनमा नया प्रोडक्ट थप्नका लागि अध्ययन, अनुसन्धान र डिपिआर तयार गर्न प्रदेश सरकारले ९ करोड बजेट छुट्याएको हो ।

सो रकमबाटै इञ्जोय क्षेत्रको डिपिआर तयार गर्ने तयारी थालिएको उहाँको भनाई छ । यो आर्थिक वर्षको अन्त्य सम्ममा डिपीआर तयार गरिसक्ने लक्ष्य लिइएको उनले बताए । इञ्जोय जोन पोखरामै बनाइने मन्त्री लम्सालले बताउनु भयो । उहाँले भन्नु भयोे,‘पोखरामै हुन्छ, तर सहरको केन्द्र भागमा भन्दा केहि पर, कोलाहल नभएको शान्त र त्यसले समाजमा असर नपार्ने ठाउँको खोजी हुनेछ ।’

इञ्जोय जोन बनेपछि पर्यटक आकर्षित हुने, पर्यटकको संख्यामा बृद्धि हुने र आएका पर्यटकको बसाई लम्विने मन्त्रालयको ठम्याइ छ । इञ्जोय क्षेत्र बनाउने पर्यटन मन्त्रीको योजनामा पर्यटन व्यवसायीहरुपनि सहमत देखिएको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेल समाजलाई असर नपर्नेगरी एकान्त ठाउँमा इञ्जोय खोल्न सकिने बताउनुभयो ।

Facebook Comments