कस्केली अधिकृतहरु ऐतिहासिक स्याङ्जा नुवाकोटमा

कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले आज स्याङ्जा जिल्लाको ऐतिहासिक स्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहाʿबाबाʾले जानकारी दिनुभयो ।

नेपालका वाइसे चौवीसे राज्य मध्येको नुवाकोट वि. सं. १५१० देखि वि.सं.१८४२मा विशाल नेपालमा विलय नहुने बेलासम्म स्वतन्त्र राज्यका रुपमा रहेको थियो । भ्रमणटोलीलाई त्यहाँस्थित काला भैरव मन्दिर, ऐतिहासिक दरबार क्षेत्र लगायतका विषयमा स्थानीय समाजसेवी एवम् काला भैरव पुरातात्विक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले जानकारी गराउनुभयो ।

अवलोकन भ्रमणमा सल्लासमाजका सल्लाहकारहरू प्रेमप्रकास गौतम, भगवान पन्त, डा. दीर्घनाथ ढुगाना र विष्णुप्रसाद बराल, डा. कालु शर्मा, समाजका सचिव लोकनाथ दवाडी, कोषाध्यक्ष तारा श्रेष्ठ लगायत ४० जनाको सहभागिता थियो ।

Facebook Comments