गण्डकी बिकास बैंकद्वारा बारा र पर्सा हावाहुरी पिडीतका लागि सहयोग

गण्डकी विकास बैंक लिमिटेडले बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई सहयोग गरेको छ । गत २०७५ चैत्र १७ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरी र असिनापानीबाट सयौं घरपरिवारमा क्षति पुगेको थियो ।

बैंकले प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग स्वरुप रु २०९,९८३ (अक्षरुपीदुई लाख नौ हजार नौ सय त्रियासी रुपिया) को चेक जिल्ला विपदव्यवस्थापन समितिको खातामा जम्मा हुने गरि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई उपलब्ध गराएको हो । उक्त रकम गण्डकी विकास बैंक बिरगञ्ज शाखा प्रमुख मुकेश अधिकारीले प्रमुख जिल्ला अधिकारीलाई चेक हस्तान्तरण गनुभएको हो ।

बैंकले सो घटनामा पिडितको सहयोगको लागि“बारा पर्सा स्र्टोम रिलिफ फण्ड” नामकखाता सञ्चालन गरि उक्त रकम संकलन गरेको थियो । उक्त खातामा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत रु १००,००० र अन्य कर्मचारी तथाग्राहक महानुभावहरुबाट रु १०९,९८३ संकलन गरेको हो ।

Facebook Comments