भ्रमण छोट्याएर राष्ट्रपति स्वेदश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर स्वेदश फर्किनुभएको छ । उहाँलाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले स्वागत गर्नुभएको छ । राष्ट्रपति विहीबार मात्र फर्कने पुर्वनिर्धारित कार्यक्रम भएपनि स्वास्थ्यमा केही समस्या भएपछि भ्रमण छोट्याएर फर्कनुभएको बताइएको छ ।

तर, बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उहाँले भ्रमणलाई छोट्याएर बुधबार नै स्वदेश फर्किनुभएको हो । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments