सरकारले न्युनतम तलब र सामाजिक सुरक्षा लागू गराउने

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकलाई तोकिएको न्यूनतम तलब र सामाजिक सुरक्षालाई व्यवहारमै लागु गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । १ सय ३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा, संयुक्त ट्रेड युनियम समन्वय केन्द्रले भृकुटीमण्डपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोजगारदाता र श्रमिकको सहमतिमै ल्याइएकाले पनि न्यूनतम तलव र सामाजिक सुरक्षालाई लागू गराएरै छाड्ने बताउनुभयो ।

मजदुरका मागलाई लागू गराउन संयोजनको भूमिका खेल्ने बताउँदै प्रधानमन्त्री ओलीले इतिहासमै यो सरकारले मजदुरको हितको लागि काम गरेको दाबी गर्नुभयो । सरकारले रोजगारको ग्यारेन्टी गरेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले नेपाल औद्योगिक शान्तिको लागि विश्वमै नमुनाको देशको रूपमा अगाडि बढिरहेको दाबी गर्नुभयो ।

Facebook Comments