श्रमिककाे हक सुनिश्चित गर्दै समाजवादको आधार : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिकको हक सुनिश्चित गर्दै समाजवादको आधार निर्माण गर्ने बताउनुभएको छ । प्रचण्डले आफू समाजवादी कित्तामा हो कि पुँजीवादी कित्तामा हो छुट्याएर अघि बढ्न सक्नुपर्नेमा जोड दिनुभयो ।

पुँजीवादीसँग समन्वय गर्दै हातेमालो गर्ने हो भने आचरण, संगठन मजदूरको हितमा नहुने उहाँको भनाइ छ । समाजवादी कि पुँजीवादी कता जाने हो बहस हुनुपर्ने उहाँले बताउनुभयो ।


यसअघि एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले श्रमिकको हितमा काम गरिरहेको बताउनुभएको थियो । अध्यक्ष प्रचण्डले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न कम्युनिस्ट सरकार सक्रिय रहेको उल्लेख गर्नुभएकाे छ । उहाँले अबको लक्ष्य कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नुपर्ने बताउनुभयो ।

Facebook Comments