भारतको महाराष्ट्रमा माओवादी आक्रमण

भारतमा बुधबार माओवादीले ल्याण्ड माइन विस्फोट गराएको छ । सो विस्फोटमा परी १५ सुरक्षाकर्मी सहित १६ जनाको मृत्यु भएको बताइएको छ । भारतको महाराष्ट्र प्रान्तको गढचिरौली जिल्लाको डाँडापुर सडकमा प्रहरीलाई लक्षित गरी ‘ल्यान्डमाइन ब्लाष्ट’ गराइएको हो ।

मारिने सबै महारष्ट्र प्रहरीको सी–६० कमान्डो रहेका छन् । डाँडापुरसडक हुँदै कोर्चीतर्फ गइरहेको सुरक्षाकर्मीको दुई गाडीलाई लक्षित गरी बिस्फोट गराइएको थियो । विस्फोटमाअन्य सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

गत वर्ष सुरक्षाकर्मीले भाम्रघार जिल्लामा चलाएको कारबाहीमा ४० जना माओवादी लडाकुको ज्यान गएको थियो । घाइतेलाई अस्पतालमा पु¥याइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणको भत्र्सना गर्दै सुरक्षाकर्मीको बलिदानको उच्च कदर गर्ने बताउनुभएको छ ।

Facebook Comments