पोखरामा पत्रकार महासंघ गण्डकीको ऐक्यबद्धता र्याली प्रदर्शन

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा पोखरामा ऐक्यबद्धता र्याली निकालेको छ । महासंघ केन्द्रको देशव्यापी आह्वान अनुसार पोखरामा प्रदेश समितिको आयोजनामा सो ऐक्यबद्धता ¥याली निकालिएको हो ।

बुधबार बिहान पोखराको वीपीचोकबाट सुरु भएको ऐक्यबद्धता ¥याली पोखरा सभागृहमा पुगी समापन भएको थियो । ¥यालीको समापन गर्दै महासंघका गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी हर्कत बन्द गर्न आग्रह गर्नुभयो ।

सरकारले फौजदारी कानून लगाएर पत्रकारलाई अनावश्यक रुपमा दुःख दिने र थुन्ने काम गरेको भन्दै पौडेलले प्रेसमैत्री कानून निर्माणका लागि सरकारसँग माग गर्नुभयो । ऐक्यबद्धता ¥यालीमा पत्रकार महासंघका जिल्ला शाखाहरू, प्रेस संगठन नेपाल कास्की ,प्रेस युनियन अन्य पत्रकारसम्बद्ध संघसंगठनहरू, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments